२०८३, ३ बैशाख बिहीबार
×

ट्रेन्डिङ

नेपाल–बेलायत सहकार्यमा नयाँ आयाम: शिक्षा सुधारदेखि अटिजम स्कुलसम्म साझेदारी विस्तार

0 Shares
Spread the love

काठमाडौं। नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइ दिने संकेत गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायतका राजदूत रब फेन बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ।

शिक्षा सुधार र क्षमता विकासमा जोड
भेटवार्तामा विशेषगरी शिक्षकहरूको पेशागत क्षमता विकास, शिक्षा प्रणालीको गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन सहकार्यका क्षेत्रमा ध्यान केन्द्रित गरिएको थियो।

मन्त्री सस्मित पोखरेल ले नेपालको शिक्षा सुधारका प्रयासमा बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै स्रोत, जनशक्ति र प्राविधिक सहयोग आवश्यक रहेको बताए।

अटिजम स्कुल: नयाँ पहल
नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिजम स्कुल परियोजनामा सहकार्य गर्ने विषय पनि छलफलको महत्वपूर्ण एजेन्डा बनेको थियो।
यसले समावेशी शिक्षातर्फ सरकारको प्राथमिकता र अन्तर्राष्ट्रिय साझेदारी दुवैलाई जोड्ने संकेत दिएको छ।

ट्रान्सनेशनल एजुकेशनको सम्भावना
दुवै पक्षबीच नेपालमा ट्रान्सनेशनल एजुकेशन (विदेशी शैक्षिक कार्यक्रमको विस्तार) को सम्भावना र संरचनाबारे पनि परामर्श भएको जनाइएको छ, जसले उच्च शिक्षामा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

बेलायतको प्रतिबद्धता
राजदूत रब फेन ले नेपालको शिक्षा, खेलकुद तथा अन्य क्षेत्रमा विगतदेखि जारी सहयोगलाई अझ सुदृढ बनाउँदै लैजान बेलायत सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया