0
Shares
काठमाडौँ। सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि ‘सुरुङमार्ग उपभोग दस्तुर’ निर्धारण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को भदौ २६ गतेको निर्णयका आधारमा विभिन्न सवारी वर्गका लागि फरक–फरक शुल्क तोकिएको हो।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल द्वारा जारी सूचनामा सडक बोर्ड ऐन, २०५८ को दफा ६ (१) अनुसार सुरुङमार्ग प्रयोगबापत शुल्क लिने व्यवस्था गरिएको उल्लेख छ।
कुन सवारीले कति तिर्नुपर्छ?
सरकारले तोकेको दरअनुसार:
सरकारको अपेक्षा, जनताको असन्तुष्टि
सरकारले सुरुङमार्ग सञ्चालनपछि नागढुंगा क्षेत्रको जाम घट्ने र इन्धन बचत हुने अपेक्षा गरेको छ।
तर, सर्वसाधारण र यातायात व्यवसायीले भने अतिरिक्त शुल्कलाई बोझका रूपमा लिँदै आपत्ति जनाएका छन्।