२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

पदीय दुरुपयोग आरोपपछि श्रममन्त्री दीपक साह पदमुक्त

0 Shares
Spread the love

काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदमुक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्रीले उक्त निर्णय लिएका हुन्।

पार्टीको सिफारिसपछि निर्णय
रास्वपा सभापति रवि लामिछाने ले प्रधानमन्त्रीलाई पत्र लेख्दै मन्त्री साहलाई पदमुक्त गर्न आग्रह गरेका थिए। पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनअनुसार मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाएको उल्लेख गरिएको छ।

पत्रमा यस्तो कार्यले पार्टीको छवि, सिद्धान्त र मर्यादामा असर परेको भन्दै तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।

विवादपछि प्रधानमन्त्री असन्तुष्ट
मन्त्री साह चैत १३ गते नियुक्त भएका थिए। नियुक्तिपछि आफ्नै पत्नी जुनु श्रेष्ठ लाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति गराइएको विषय सार्वजनिक भएपछि विवाद चर्किएको थियो।

यस विषयमा प्रधानमन्त्री शाहले चासो देखाउँदै रास्वपाका नेताहरूसँग छलफल गरेका थिए।

अन्य मन्त्रीलाई पनि चेतावनी
पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता लाई पनि आवश्यक सावधानी अपनाउन सचेत गराउन सिफारिस गरेको छ।

प्रतिक्रिया