0
Shares
काठमाडौं।पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले जिल्ला अदालत काठमाडौं बाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउका लागि अनुमति दिइसके पनि दुवै जना हाल विदेशमा रहेकाले कार्यान्वयन हुन सकेको छैन।
अनुसन्धान जारी
सम्बन्धित निकायले उनीहरूमाथि गैरकानुनी सम्पत्ति आर्जनको विषयमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।