२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

मन्त्रिपरिषद् मर्यादाक्रममा फेरबदल: गृहमन्त्रीको वरियता घट्यो

0 Shares
Spread the love

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल ले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन्।

नेपालको संविधानको धारा ७६(९) अनुसार प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिसमा चैत १३ गते गठित मन्त्रिपरिषद्मा नयाँ मर्यादाक्रम निर्धारण गरिएको हो।

सरकारले मन्त्रीहरूको कार्यविभाजन यथावत राख्दै केवल वरियता (प्रोटोकल) मा परिवर्तन गरेको जनाएको छ।

नयाँ वरियता क्रम
हेरफेरअनुसार प्रधानमन्त्रीपछि वरिष्ठताका आधारमा अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमा रहेका छन्।

त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ को क्रम रहेको छ।

गृहमन्त्री सुधन गुरुङ भने अब पाँचौँ वरियतामा पुगेका छन्। यसअघि उनी तेस्रो स्थानमा थिए।

अन्तिम स्थानमा श्रममन्त्री
१५ सदस्यीय मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह १५ औँ वरियतामा रहेका छन्।

प्रतिक्रिया