२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

0 Shares
Spread the love

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गएराति गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएको बताइएको छ । घुँडामुनि गोली लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

लागूऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा ब्युरोका एसपी रेग्मी सहितको टोली उक्त क्षेत्रमा पुगेको थियो ।

प्रहरीसँग जम्काभेट हुँदा कारोबारीहरू भागेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको बताइएको छ ।

उनीहरुको साथबाट प्रहरीले १ किलोग्राम खैरो हेरोइन बरामद गरेको छ ।

प्रतिक्रिया