२०८२, २० चैत्र शुक्रबार
×

ट्रेन्डिङ

परियोजना जोगाउन किताब बिक्री: महावीर पुनको बाध्यता र नवप्रवर्तनको संघर्ष

0 Shares
Spread the love

काठमाडौं।प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ले आफ्ना अनुसन्धान तथा नवप्रवर्तन परियोजनाहरू सञ्चालनका लागि किताब बिक्री गर्न बाध्य भएको बताएका छन्। सांसद पदमा रहँदा होस् वा बाहिर हुँदा—आर्थिक अभावले आफूलाई निरन्तर वैकल्पिक स्रोत खोज्न बाध्य बनाएको उनले स्पष्ट पारे।

पुनका अनुसार हाल राष्ट्रिय आविष्कार केन्द्र, पोखरा आईसीटी इनोभेसन ल्याब र वीरगन्जस्थित कृषि औजार कारखानामा गरी करिब ८३ जना युवाहरू प्रत्यक्ष रूपमा कार्यरत छन्। यसबाहेक १० देखि १५ जना प्रशिक्षार्थी (इन्टर्न) समेत विभिन्न परियोजनामा संलग्न छन्।

मासिक २५ लाख खर्च, स्रोत अभावको चुनौती
यी परियोजनाहरू सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापन मात्रै पनि ठूलो आर्थिक दायित्व बनेको छ। पुनका अनुसार कर्मचारीको पारिश्रमिक र दैनिक व्यवस्थापन खर्चमा मात्रै मासिक करिब २५ लाख रुपैयाँ खर्च हुने गरेको छ। यसबाहेक अनुसन्धानका लागि आवश्यक उपकरण, मेसिनरी र कच्चा पदार्थमा थप ठूलो लगानी आवश्यक पर्ने उनले बताए।

“सर्वसाधारणबाट प्राप्त सहयोग मात्रै पर्याप्त हुँदैन,” पुनले भने, “त्यसैले काम निरन्तरता दिन किताब बिक्रीजस्ता विकल्प रोज्नुपरेको हो।”

नवप्रवर्तनको मूल्य र यथार्थ
पुनले आफ्नो अवस्थालाई ‘मर्ता क्या नही कर्ता’ भन्ने उखानसँग तुलना गर्दै नेपालमा नवप्रवर्तनलाई टिकाइराख्नुपर्ने संघर्ष अझै कठिन रहेको संकेत गरेका छन्। उनले केवल आलोचना गर्नेभन्दा काम गरेर देखाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया