२०८२, २२ माघ बुधबार
×

ट्रेन्डिङ

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन

0 Shares
Spread the love

काठमाडौं : महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको हो।

पवारका निजी सहायक अनिल ढिकालले दुर्घटनामा उपमुख्यमन्त्री पवारको निधन भएको पुष्टि गरेका छन्।

नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार अवतरण गर्ने क्रममा  बिहान ८:४८ बजेतिर दुर्घटना भएको थियो। विमानमा अजित पवार, उनका दुई सहयोगी र दुई चालक दलका सदस्य सहित अन्य चारजना सवार थिए।

बीबीसीका अनुसार मुम्बईबाट एक निजी विमानबाट पवार बारामती जाँदै थिए। नागरिक उड्डयन महानिर्देशनालयअनुसार कोही पनि जीवित नरहेको अनुमान गरिएको छ।

प्रतिक्रिया