२०८२, २२ माघ बुधबार
×

ट्रेन्डिङ

निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ ।
0 Shares
Spread the love

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गरी शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन सरकारलाई आग्रह गरेका हुन् ।

‘आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरु दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ ।

घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्तिसुरक्षामा समेत असर पर्ने आयोगको ठम्याइ छ । संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले पनि अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए पनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई स्वतन्त्रताको विषय मान्न नसकिने आयोगको भनाइ छ ।

प्रतिक्रिया