काठमाडौं । विश्वकप फुटबलमा सर्वाधिक चासोका साथ हेरिएको नाइजेरिया र आइसल्याण्डबीचको खेल आज हुँदैछ । खेल अबको केहिबेरपछि अर्थात नेपाली समयअनुसार पौने ९ बजे रुसको भोल्गोग्राड एरिना स्टेडियममा हुनेछ ।
यस खेललाई सर्वाधिक चासोका साथ हेरिनुका कारण यस खेलले अर्जेन्टिनाको नकआउट चरणको भविष्य जीवित राख्ने या टार्ने निर्धारण गर्नेछ । गुप डीमा २ खेलबाट क्रोएसियाले ६ अंक जोड्दै आगामी चरणको स्थान सुनिश्चित गरिसकेको छ ।
यस्तै २ खेल खेलेको अर्जेन्टिना र एक खेल खेलेको आइसल्यान्डको समान एक–एक अंक छ । एक खेल हारेको नाइजेरियाको भने शुन्य अंक छ । अर्जेन्टिनाको आगामी चरणको संभावना जीवित रहनका लागि आजको खेल नाइजेरियाले जित्नैपर्ने हुन्छ ।
त्यसैगरी अर्को खेलमा क्रोएसियाले पुन आइसल्यान्डलाई पराजित गर्न जरुरी छ । त्यसपछि आइसल्यान्डको एक अंक मात्र हुनेछ भने नाइजेरियाको ३ तथा क्रोएसियाको ९ अंक हुनेछ । यस्तोमा अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई जित्नैपर्ने हुन्छ ।
जितेमा अर्जेन्टिना ४ अंक सहित उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ । तर आजको खेलमा नाइजेरिया पराजित भए, अर्जेन्टिनाको विश्वकको अर्को चरणमा प्रवेश संभावना ग्रुप स्टेजबाटै टरेर जानेछ ।
आइसल्यान्ड अर्जेन्टिनालाई बराबरीमा रोक्ने टोली भएका कारण आजको खेलमा आइसल्यान्डले जित निकाल्ने पनि अनुमान गरिएको छ । तर खेल प्रतिस्पर्धात्मक रहने अनुमान गरिएको छ ।