२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

कांग्रेस छाड्नासाथ एमाले प्रवेश गरी टिकट पाएका अब्दुल हुसेन अन्सारीको खोसियो टिकट

0 Shares
Spread the love
काठमाडौँ। नेकपा एमाले प्रवेश गरेर टिकट लिएका अब्दुल हुसेन अन्सारी अन्ततः उम्मेदवार बन्न रोकिएका छन्। अन्सारी नेपाली कांग्रेस त्यागेकै दिन एमालेले उनलाई सुनसरी–४ को उम्मेदवार बनाएको थियो।
पार्टीका नेता विष्णु रिमालले टिकट दिएर उनलाई निर्वाचन क्षेत्र पठाएका थिए।
तर जिल्ला नेताहरूले आपत्ति जनाएपछि पार्टी केन्द्रले अन्सारीको टिकट रद्द गरेको हो। अब उक्त क्षेत्रमा जगदिश कुसियत उम्मेदवार बन्नेछन्।
एमालेले सुनसरीका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार टुंग्याएको छ।
निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य पन्दाक, सुनसरी–२ बाट रेवतीरमण भण्डारी, सुनसरी–३ मा भगवती चौधरी र सुनसरी–४ मा जगदिश कुसियत उम्मेदवार बन्ने भएका छन्।

प्रतिक्रिया