२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

निर्वाचन आयोगमा विवरण बुझायौं, चाँडो अद्यावधिक हुने विश्वास छ : गगन थापा

0 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितका पदाधिकारी बिहीबार निर्वाचन आयोग पुगेका छन्।

केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी विवरण अद्यावधिक गराउन आयोग पुगेका उनीहरूले विशेष महाधिवेशनका निर्णय र सम्बन्धित कागजात बुझाएका छन्।

त्यसक्रममा सभापति थापाले आयोगले विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन्। उनले नेपाली कांग्रेसको विधान अनुसार भएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेको विषय आयोगलाई जानकारी गराइएको बताए।

त्यसलाई पुस्ट्याइँ हुने सबै कागजात अद्यावधिकका लागि आयोगमा पेस गरिएको सभापति थापाको भनाइ छ। ‘दफा ५१ बमोजिम चाँडोभन्दा चाँडो निर्वाचन आयोगले अद्यावधिक गर्नेछ भन्ने विश्वास लिएका छौं’, आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया शुरू भएपछि पुरानो कार्यसमिति भंग भएको कुरा समयमै हामीले आयोगमा जानकारी गराइसकेका थियौं। आज विशेष महाधिवेशन, त्यसबाट आएको नयाँ कार्यसमिति र त्यसले गरेका निर्णयबारे आयोगमा जानकारी गराएका छौं।’

उनले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन हुने दिन माघ ६ गतेभन्दा पहिले नै आयोगले निर्णय गरिसक्ने विश्वास लिएको समेत बताए।

प्रतिक्रिया