२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहित ८ बुँदे माग देउवालाई पठाइयो

0 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन पक्षलाई ८ बुँदे मागपत्र पठाएको छ । यी मागहरी वार्ताका लागि पठाइएको बताइएको छ । वार्तामा यी विषयमा सहमति गर्न संस्थापनलाई सन्देश पठाइएको हो ।

वार्ताका लागि पठाइएको प्रस्तावमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनाबमा जाने, शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने लगायका प्रस्तावहरू छन् ।

यस्ता छन् प्रस्तवहरू

१. कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने

२. विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने

३. प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने

४. चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने

५. टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने

६. निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने

७. उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने

८. विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

प्रतिक्रिया