२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

यो विद्रोह हो : गगन थापा

0 Shares
Spread the love

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम मात्रै नभइ विद्रोह भएको बताएका छन् ।

राजधानीको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘यो एउटा नियमित कार्यक्रम होइन । हामी एउटा विद्रोहमा सहभागी भएका छौँ । यो विद्रोह हो ।’ उनले भने, ‘प्रश्न गर्नु आफैँमा पनि एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो । हामीले प्रश्न गर्‍यौँ ।’

उनले इतिहासमा अहिलेको विशेष महाधिवेशनको छुट्टै स्थान रहने र गर्व गर्न सकिने पनि बताए । आफूलाई पद चाहिएका कारण विशेष महाधिवेशन आयोजना नगरेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया