२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

गगन-विश्वप्रकाशले विशेष महाधिवेशनमा बोलाएपछि शेखर कोइरालाले राखे यस्तो शर्त

0 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेकर कोइरालाले विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डपमा आउन महामन्त्रीहरी गगन थापा र विश्वप्रकाश शर्माले बोलाएपछि सर्त राखेका छन्।  उनले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन्।

उनले विशेष महाधिवेशनमा नेतृत्व परिवर्तन, नीति विधान संशोधन लगायत के कस्ता काम गर्ने योजना छ त्यो सबै लिखित रूपमा दिएपछि मात्र आफू महाधिवेशनमा जाने वा नजाने विषयमा सोच्ने बताएका छन्। उनले भने ‘म जानेवाला छैन। यसरी जानुहुँदैन। नेतृत्व चयनदेखि केके कुरा हो लिखित रुपमा मैले पाउनुपर्‍यो। बल्लमात्रै म आउँछु।’

उनले आफूमात्रै गएर पनि केही नहुने भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लैजाने वातावरण गगन-विश्वले बनाउनुपर्ने बताए। त्यस्तै उनले सभापति शेरबहादुर देउवा भने भृकुटीमण्डप जान नहुने आफ्नो राय रहेको बताए।

प्रतिक्रिया