२०८३, १८ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

चार महिने छोराको हत्या आरोपमा असई पुष्कर कार्की पुर्पक्षका लागि कारागार चलान

0 Shares
Spread the love

काठमाडौं । चार महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका असई पुष्कर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कार्कीलाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको हो ।

प्रहरीका अनुसार सिनामंगलस्थित आफ्नै डेरा कोठामा चार महिने छोराको घाँटी थिची तथा धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको थियो ।

ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका विषयमा श्रीमतीसँग विवाद भएपछि उनले छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । असई कार्कीकी श्रीमती पनि नेपाल प्रहरीकी जवान हुन् ।

प्रतिक्रिया