२०८३, १७ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

शंखरापुरको फेदी जंगलमा पिकनिक बस दुर्घटना हुँदा करिब ३५ जना घाइते

0 Shares
Spread the love

काठमाडाैं । पिकनिकबाट फर्किंदै गरेको एक बस बुधबार साँझ काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेदी जंगलमा दुर्घटनामा परेको छ।

जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्किरहेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा परी ३० देखि ३५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

घटनापछि बसमा सवार सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएकाे छ । बस अहिले पनि घटनास्थलमै रहेको छ। बसमा करिब ४० जना सवार रहेको अनुमान गरिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया