२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

एमालेले बादललाई बनायो फागुन २१ को चुनावी कमाण्डर

0 Shares
Spread the love

काठमाडौं- नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई आगामी फागुन २१ गतेको निर्वाचनका लागि कमाण्डर बनाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले बादललाई चुनावी कमाण्डर बनाउने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा उपमहासचिव लेखराज भट्टले उपाध्यक्ष बादलको नेतृत्वमा एमाले चुनावमा होमिने निर्णय भएको बताए ।

निर्वाचन परिचालन कमिटीको सचिवमा नेता विष्णु रिमाललाई तोकिएको छ। उनी एमालेको एघारौँ महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्यमासमेत पराजित भएका थिए ।

अध्यक्ष केपी शर्मा ओलीनिकट उनलाई फागुन २१ को चुनावका लागि महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया