२०८३, १६ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

बयानपछि केपी ओलीको स्थानहद फुकुवा

0 Shares
Spread the love

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरिएको छ। भदौ २३- २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको स्थानहद फुकुवा गरिएको हो ।

आयोगले आइतबार ओली निवास गुण्डुमै पुगेर उनको बयान लिएको थियो। बयान सकिएसँगै स्थानहद फुकुवा गरिएको स्रोतले बताएको छ ।

पहिला, पूर्वप्रधानमन्त्री ओली आयोगमाथि उठेका प्रश्नका कारण सिंहदरबारमा गएर बयान दिन तयार थिएनन्। तर आयोगले दृढ अडान राख्दै बयान लिनैपर्ने बताएको थियो।

प्रतिक्रिया