२०८२, १७ पुष बिहीबार
×

ट्रेन्डिङ

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

0 Shares
Spread the love

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसंगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेन-जी आन्दोलनको विषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।

आयोगले बोलाउँदा ओली उपस्थित नभए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलीको कुरा भोली नै हुने’ उल्लेख गरे  । त्यस्तै उनले पूर्व गृहमन्त्री रमेश लेखकको बयान सकिसकेको जानकारी दिए ।

कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी गरे ।

प्रतिक्रिया