
काठमाडौं । विश्वकप फुटबलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले कठिन जित निकालेको छ । ब्राजिलले बराबरी हुने अवस्थाको खेललाई उल्टाउदै अतिरिक्त समयमा २ गाल गर्न सफल भएपछि कोस्टारिका ग्रुप स्टेजबाटै बाहिरिएको छ ।
ब्राजिललेभने नकआउट चरणमा प्रवेश गर्ने संभावना बलियो बनाएको छ । निर्धारित ९० मिनेट बराबरी भएको खेलमा ६ मिनेट अतिरिक्त समय थप गरिएको थियो । जसमा फिलिपे कोन्टिन्होले पहिलो गोलगर्दा स्टार नेमारले दोस्रो गोलगर्दै कोस्टारिकामाथिको जित सुनिश्चित गरे ।
यस जितसँगै समुह इमा ब्राजिल ४ अंक जोड्दै समुहको शिर्ष स्थानमा उक्लेको छ । कोस्टारिकाभने दुवै खेलमा पराजित भएपछि शुन्य अंकका साथ पुछारमा छ । यस ग्रुपमा अंक एक भएको स्वीजरल्यान्ड र ३ अंक भएको सर्बियाको पनि नकआउट चरणमा पुग्ने संभावना बलियो छ ।
अन्तिम चरणमा खेल ब्राजिलको पक्षमा
निर्धारित ९० मिनेटसम्म ब्राजिल र कोस्टारिकाले गोल रहित बराबरी खेलेका थिए । खेल नियन्त्रण गोलका प्रयासमा ब्राजिलनै बलियो देखिएपनि कोस्टारिकाका गोल रक्षक केलोर नाभासको उच्च बचाउका बाबजुद ब्राजिल र कोस्टारिकाबीचको खेल बराबरीमै टुंगिने अनुमान लगाइएको थियो ।
तर खेलमा ६ मिनेट अतिरिक्त समय थप गरिएपछि खेल ब्राजिलको पक्षमा पार्न सफल भयो । पहिलो खेलमा सर्बियासँगको हारका कारण कोस्टारिका जित निकाल्न चाहान्थ्यो ।
अतिरिक्त समयमा कोस्टारिकाले डिफेन्सिभ खेललाई त्यागेर एट्याकिङमा परिवर्तन गरेपछि ब्राजिलले सहजै २ गोल गर्न सफल भएको हो । थप गरिएको एक मिनेटमै ब्राजिलले एक गोलको अग्रता लियो ।
ग्याब्रियल जिशशको पासमा कोन्टिन्होले प्रहार गरेको बल विपक्षी गोलरक्षकको खुट्टामुनीबाट छिरेपछि गोल भएको थियो । त्यसैगरी थप समयको अन्तिम मिनेटमा नेमारले डग्लास कोस्टको पासमा गोल गरेपछि ब्राजिलको जित सुनिश्चत भयो ।
खेल अवधिभर ब्राजिलले २२ पटक गोलको प्रयास गर्दा १० बल पोस्टमा गयो । जसमध्य २ गोल गोलमा परिणत भयो । उता कोस्टारिकाले खेल अवधिभर मात्र ३ गोलको प्रयास गर्यो । तर कुनै बल चुनौतीका रुपमा खडा भएन ।