२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

0 Shares
Spread the love

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएका छन् ।

उनले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म २ घण्टा लामो बयान दिएका हुन्।

उनले आयोगसमक्ष लिखित बयान दिएका हुन् । लेखकले ६ पृष्ठ लामो बयान दिएको जानकारी कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर दिएका छन्।

कांग्रेस केन्द्रीयसदस्य समेत रहेका निर्वतमान गृहमन्त्री लेखकले बयान दिइसकेपछि संसदीय दलको कार्यालयमा जेन-जी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।

प्रतिक्रिया