२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

प्रहरीका अनुसार बागलुङको बागलुङ नगरपालिका-२ श्रीनगर घर भएका जावेद अनवर दीन पक्राउ परेका हुन् ।
0 Shares
Spread the love

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बागलुङको बागलुङ नगरपालिका-२ श्रीनगर घर भएका जावेद अनवर दीन पक्राउ परेका हुन् ।

आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया