२०८३, २८ बैशाख सोमबार
×

ट्रेन्डिङ

देउवाले सञ्चारमन्त्री खरेललाई भने- सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्

0 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन हुने वातावरण तत्काल बनाउन सरकारलाई सुझाव दिएका छन्।

बिहीबार बिहान आफ्नै निवासमा पुगेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै निर्वाचनको विश्वसनीय वातावरण बनाउन आग्रह गरेका हुन्।

मन्त्री खरेलले आजै प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम अनुसार पहिलो भेट देउवासँग गरेका हुन्। उनले त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र दिउँसो नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया