२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

फागुन २१ का निर्वाचनमा उम्मेदवार नबन्ने विश्वप्रकाश शर्माको घोषणा

0 Shares
Spread the love

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बिहीबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले उम्मेदवार नबन्ने बताएका हुन्।

‘लगातार ३ पटकसम्म उम्मेदवार बनिसकेकाले यो पटक उम्मेदवार बन्दिन भनेर झापाको मेरो क्षेत्रका साथीहरूलाई भनिसकेको छु। गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, अबको चुनावमा देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु’शर्माले भनेका छन्।

पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो। तर, उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

‘हिजो झापा थिएँ। को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामैं भनेको छु,’ शर्माले भने, तर पनि फेरि पनि सर्वसम्मत सिफारिश गरेकोमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु।’ उनले युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने बताए।

प्रतिक्रिया