२०८३, ११ जेष्ठ सोमबार
×

ट्रेन्डिङ

४ कराेड अवैध रकम प्रकरण: एक जना पक्राउ

0 Shares
Spread the love

काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुको टाउन प्लानिङमा रहेका एक घरमा छापा मारेको छ ।

सोही क्रममा प्रहरीले मंगलबार दिउँसो गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठूलो परिमाणमा अवैध रकम लुकाएर राखेको सूचनाका आधारमा छापा मारेको हो ।

छापा मारेर करिब ४ करोड रुपैयाँ बरामद गरिएको उपत्यका प्रहरीले बताएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हो ।

प्रतिक्रिया