२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

0 Shares
Spread the love

काठमाडौं। वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका- ९ बस्ने बझाङ बंगुल नगरपालिका-६ घर भएका २९ वर्षीय त्रिलोक सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको समन्वयमा कास्की पोखरा महानगरपालिका-२७ डाँडाकोनाकबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया