२०८३, ११ जेष्ठ सोमबार
×

ट्रेन्डिङ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

0 Shares
Spread the love

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–५ घर भएका ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका–५ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका(४ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् ।

 

पक्राउ मध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रूपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरी गरेका थिए ।

 

सोही उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिङमाडुण्डुलाई काठमाडौं महानगरपालिका–६ बाट र स्वर्णमलाई दाङ तुलसीपुर उपमहानगरपालिका५ बाट पक्राउ गरेको हो ।

 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया