२०८२, २९ माघ बुधबार
×

ट्रेन्डिङ

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

0 Shares
Spread the love

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा आज (बिहीबार) भएको खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइलनमा प्रवेश गरेको हो ।

मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालका परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, शिवान्श बजगाईंले २३ रन जोडे । मलेसियाका नागिनेश्वरमले १ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ४३ ओभर १ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो ।

मलेसियाका मोहम्मद फतुलले ३८, डियाज प्याट्रोले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् ।

नेपालका लागि अभय यादवले ४, शुभम् खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए ।

अब नेपालले उपाधिका लागि हङकङ र सिङ्गापुरबीचको विजेतासँग शनिबार खेल्ने छ ।

प्रतिक्रिया