२०८३, २८ बैशाख सोमबार
×

ट्रेन्डिङ

रविन्द्र मिश्रलाई जमानीमा छोड्न सर्वोच्चको आदेश

0 Shares
Spread the love

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्रलाई जमानीमा छाड्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मिश्रलाई थुनामुक्त गर्ने आदेश दिएको सर्वोच्चका उपरजिष्ट्रार एवं सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
उनका अनुसार कानुन व्यवसायीको रहोवरमा मिश्रलाई थुनामुक्त गर्न आदेश दिइएको हो। गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि उनी पक्राउ परेका थिए।

प्रतिक्रिया