२०८३, २८ बैशाख सोमबार
×

ट्रेन्डिङ

केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

0 Shares
Spread the love

काठमाडौं।सर्वोच्च अदालतको परमादेशानुसार गठित उच्चस्तरीय समितिद्वारा काठमाडौँमा आयोजना गरिएको  एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहले काठमाडौँमा आयोजना गर्न लागेको ‘एनआरएनए कनक्लेभ’ नामक कार्यक्रममा भाग नलिन सम्बन्धित सबैलाई अपिल गरेको छ।

 

आइसीसीका नवनिर्वाचित महासचिव बी आर लामाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा महेश कुमार श्रेष्ठ नेतृत्वको टिमले एकता र सद्भावपूर्ण वातावरण निर्माणको प्रयास गरिरहेको अवस्थामा कसैले पनि यस्तो वातावरण बिथोल्ने र आपसी विश्वासमा आँच पुर्‍याउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ।

 

“एकता महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएपश्चात् श्री महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई कार्य गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिट निवेदनमा सुनुवाइपश्चात् सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। यसले श्रेष्ठ नेतृत्वको कार्यसमिति नै वैधानिक र आधिकारिक  रहेको पुष्टि गर्दछ,”  वक्तव्यमा भनिएको छ।

 

विश्वभर रहेका लाखौँ एनआरएनहरूको भावनाको सम्मान गर्दै, एकता र सद्भाव कायम राख्न सबै पक्षलाई सहयोग र समर्थन गर्न हार्दिक अपील पनि गर्दछौँ, महासचिव लामाद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ।

प्रतिक्रिया