२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

0 Shares
Spread the love

पर्सा । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

 

मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा खातुनले भारत लगेकी थिइन्। बिहार रक्सौलको होटलममा लगेर यौनधन्दामा सामेल गराएकी थिइन्।

 

ती नाबालिकालाई प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नेपाल ल्याएको छ।  खातुनले यसअघि पनि नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा संलग्न गराउने गरेको मिश्रले बताए।

खातुनलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया