२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

१ करोड ५० लाख रुपैयाँ जरिबाना भएको फरार अभियुक्त अमित अग्रवाल पक्राउ

0 Shares
Spread the love

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतबाट विभिन्न आर्थिक अपराधमा दोषी ठहर भई फरार रहेका अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराका अनुसार अग्रवाललाई वैशाख २३ गते काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो।

 

अग्रवाल काठमाडौं महानगरपालिका–३० निवासी ४७ वर्षीय हुन्।

 

उनीमाथि अदालतले विभिन्न मितिमा गरेका फैसलाहरू कार्यान्वयन नगरेको पाइएपछि उनलाई फरार अभियुक्तका रूपमा खोजी कार्य अघि बढाइएको थियो।

 

प्रहरीले अग्रवाललाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जानकारी दिएको छ

प्रतिक्रिया