२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

एमाले नेता प्रदीप नेपालको निधन

0 Shares
Spread the love

काठमाडौं : नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ। उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए।

नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो। नेता नेपालको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको उनका भाइ समीर नेपालले बताए।

लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए। नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए। नेपाल शिक्षामन्त्रीसमेत बनेका थिए।स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिए।

नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो।

प्रतिक्रिया