२०८२, २९ माघ बुधबार
×

ट्रेन्डिङ

प्रधानमन्त्र र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट

0 Shares
Spread the love

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरुबीच भेट भएको हो। विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन्।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे। आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए। प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया