२०८२, १० बैशाख बुधबार
×

ट्रेन्डिङ

सरकार सुध्रिएन भने जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउँछन् : राप्रपा सांसद सिंह

0 Shares

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपकबहादुर सिंहले देश बचाउनका लागि राजाबाहेक अरु विकल्प नभएको बताएका छन्। बल्खुमा आयोजित राप्रपाको बृहत जनसभामा बोल्दै नेता सिंहले राजाले मात्रै नेपाली समाज र देशलाई एकजुट र एकीकृत गर्नसक्ने दावी गरे।

‘धर्म, संस्कृति र संस्कार जोगाउनका लागि राजसंस्था अपरिहार्य छ,’उनले भने,’ देश बचाउनका लागि राजाबाहेक अरु विकल्प छैन।’

उनले मुलुक भ्रष्टाचारमा डुबिसकेको भन्दै यसलाई बचाउन सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए। ‘देश समाप्त हुने अवस्थामा पुगिसकेको छ। देश भ्रष्टाचारमा डुबिसकेको छ,’उनले भने,’यसकारण मुलुक बचाउन सबै राजनीतिक दल एकजुट हुनैपर्छ।’

नेता सिंहले राजनीतिक खिचातानीका कारण नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अवकाश पाइसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेको बताए। वर्तमान सरकार सुघ्रिएन भने नेपाली जनताले  श्रीलंका र बंगलादेशको अवस्था ल्याउने दावी गरे।

उनले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई निशर्त छोड्नपर्ने बताए। उक्त घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको माग छ।

प्रतिक्रिया