२०८३, २५ कार्तिक मंगलवार
×

राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ

0 Shares

काठमाडौं। भुकम्प पीडितलाई राहात सामाग्री बोकेेर नेपाली सेनाको टोली म्यान्मारतर्फ प्रस्थान गरेको छ।

म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।

 

टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरु सहित  सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेको जनाईएको छ।

 

तस्बिर स्रोत – नेपाली सेना फेसबुक पेज

प्रतिक्रिया