२०८३, २६ श्रावण मंगलवार
×

ट्रेन्डिङ

माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर बिते

0 Shares
Spread the love

पाल्पा – पाल्पामा माछा मार्ने क्रममा ढुंगामा च्यापिएर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका-५ चचलेका १३ वर्षीय सुरेश रास्कोटी रहेका छन्।

सोही वडाको कालिमाटीस्थित डुम्र खोलामा माछा मार्ने क्रममा ढुंगाले च्यापिएर उनको बुधबार अपराह्न मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

ढुंगाले च्यापिएर फसेका रास्कोटीलाई उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया