२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

राप्रपाले महानगरलाई तिर्‍यो एक लाख जरिवाना

0 Shares
Spread the love

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना तिरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासका सार्वजनिक क्षेत्रमा फोहोरमैला गरेको र भौतिक संरचनामा पनि क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपालाई एक लाख जरिवाना तिराउने निर्णय गरेको थियो।

राप्रपा नेता कार्यकर्ताहरूले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गरेका थिए। राप्रपा नेता ज्ञानेन्द्र शाहीले आफूहरू पनि मान्छे भएको र विधिको शासन पालना गर्ने बताएका छन्।

महानगरमा जरिवाना तिरेपछि उनले भनेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं। राजाको स्वागतमा आएका लाखौं आमाबुबा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्। महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं। एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं।’

प्रतिक्रिया