२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

चेक रिपब्लिक पठाइदिने भन्दै ठगेको आरोपमा दमकका डाइमन्ड सम्बाहाम्फे पक्राउ

0 Shares
Spread the love

काठमाडौं – वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका-५ घर भई हाल काठमाडौं-७ बस्ने २७ वर्षीय डाइमन्ड सम्बाहाम्फे रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सम्बाहाम्फेलाई बिहीबार काठमाडौं-७ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

आचार्यका अनुसार सम्बाहाम्फेले एक जना व्यक्तिलाई चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ लाख ३८ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

रकम लिएर विदेश नपठाएपछि पीडित उजुरी लिएर प्रहरीमा पुगेका थिए। आचार्यका अनुसार सम्बाहाम्फेलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिक्रिया