२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

सामान्यले काठमाडौं महानगरमा तत्काल प्रमुख प्रशासकीय अधिकृत नपठाउने

0 Shares
Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्काल प्रमुख प्रशासकीय अधिकृत नपाउने भएको छ।

महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको एक महिना पुग्दा पनि अझैँ टुंगो लाग्न सकेको छैन। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नियमविपरीत काठमाडौं भ्यू टावरको नक्सा पास गरेको भन्दै महानगरले उनलाई पुस ५ गतेदेखि बिदामा बसेर छानबिनमा सघाउन भनेको छ।

यससँगै गुरागाईं बिदामा छन्। प्रमुख प्रशासकीय अधिकृत नभएपछि महानगरको नियमित कामकाज प्रभावित बनेको छ।

काम रोकिएपछि काठमाडौं महानगरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २४ पुसमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गर्दै पत्र पठाएको थियो।

महानगरले अनुरोध गरे पनि मन्त्रालयले भने तत्काल नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिने जनाएको छ। सरोज गुरागाईंको दरबन्दी रहेको र नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउँदा दरबन्दी खाली हुनुपर्नेमा त्यस्तो नभएकाले नयाँ व्यक्ति पठाउन नसकिने मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले बताए।

काठमाडौं महानगरमा अहिले गोविन्द शर्मा निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएका छन्। निमित्तसँग सबै अधिकार हुँदैन।

प्रतिक्रिया