२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु

0 Shares
Spread the love

धनगढी  दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति साढे नौ बजे मृत्यु भएको हो।

घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले बताए।

द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन्। स्वास्थ्यचौकी पुर्‍याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकी थिइन्। स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीले बताए।

प्रतिक्रिया