
इंग्ल्याण्ड- नेपाली युवा दर्शक-श्रोता माझ लोकप्रिय नेपाली हिप-हप गायक समिर लामा (भीटेन)ले संयुक्त अधिराज्यमा एकल प्रस्तुति दिने भएका छन । बेलायतको एभरेस्ट इको लिमिटेड कम्पनिको ब्राण्ड ८८४८ भाईभ्सले म्यानचेस्टर र लन्डनमा भीटेनको एकल कन्सर्ट आयोजना गर्न लागेको हो ।
कम्पनिका प्रबन्धक मनोज बजगाईका अनुसार भ्यालेनटाईनको अवसर पारेर यहि फेब्रुअरी १४ शुक्रबार म्यानचेस्टर र फेब्रुअरी २१ शुक्रबारकै दिन लन्डनमा भीटेनको कन्सर्ट हुन लागेको हो। बजगाईका अनुसार युकेमा भी टेनको यो पहिलो एकल (सोलो ) कन्सर्ट हो ।
युवा दर्शक-स्रोता माझ भीटेन चर्चित भएकै कारण दुवै कन्सर्ट भ्यालेनटाईन विकमा राखिएको उनले बताए। दुवै कन्सर्टको होस्ट चर्चित मोडेल सिड्नी गुरुङले गर्ने कम्पनिले जानकारी दिएको छ ।
कन्सर्टमा सहभागी हुन चाहनेहरुले कम्पनिको सामाजिक संजालका पेजहरुबाट वा टिकेट पार्टनर कम्पनि टिकेट टेलरको वेबसाईटबाट पनि टिकट लिन सकिने कम्पनीले जनाएको छ ।