२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरुङ पक्राउ

0 Shares
Spread the love

पोखरा । सहकारी ठगी प्रकरणमा एमालेकी पुर्व सांसद पक्राउ परेकी छिन् ।

 

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबावु ओलियाका अनु्सार सो मुद्धामा मुछिएका पुर्व सांसद गुरुङसहित आरती गुरुङलाई मंगलवार साँझ पक्राउ गरिएको हो ।

पोखरा महानगरपालिका–१२ रानीपौवा घर भएकी मिना नेकपा एमालेबाट गण्डकी प्रदेश सभाको पूर्वसांसद हुन् । ६३ वर्षीया गुरुङ सूर्यदर्शनको सञ्चालक समितिको पूर्वउपाध्यक्ष पनि हुन् ।

 

अब उनी माथी सोधपुछ तथा छानबिन प्रक्रिया अघि बढनेछ ।

प्रतिक्रिया