२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

दिल्ली पुगिन परराष्ट्र मन्त्री राणा

0 Shares
Spread the love

काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् ।

 

बर्लिन, जर्मनी हुदैँ आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन्

 

नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए।

केही दिन भारतमा रहँने राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची रहेकाे बुझिएकाे छ । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् । उनले सम्भवतः प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भारत भ्रमणकाे तयारीका बारेमा पनि छलफल गर्नेछिन् ।

प्रतिक्रिया