२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

पार्टीलाई गुट उपगुटबाट माथि उठाउन सक्नुपर्ने,कांग्रेसका केन्द्रीय सदस्य केसी

1311 Shares
Spread the love

मंसिर २८ गते,काठमाण्डौ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठकले पार्टीलाई गुट उपगुटबाट माथि उठाउन सक्नुपर्ने बताउनुभएको छ । सनिबारदेखि राजधानी काठमाण्डौमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य केसीले गुटउपगुटको अन्त्य नभएसम्म कम्युनिष्ट संग लड्न नसकिने भन्दै उहाँले विगतमा भएका गल्तीबारे विना पुर्वाग्रह समिक्षा गरिनुपर्ने बताउनुभयो ।

गुटउपगुट भन्दा पनि विधि, नीति र संस्थागत निर्णय गर्ने आधारशिला तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विवेक बन्दकी नराखी लोकतान्त्रिक पद्धतिबाट साझा निर्णयमा पार्टीको नेतृत्व जानुपर्ने उल्लेख गर्दे उहाँले महासमितिका सदस्यहरुबाट नेता होइन नीति, व्यक्ति होइन विचार र शक्ति होइन सत्यको पछाडि लाग्छु भन्ने संकल्प सहितको प्रतिवद्धता आउनुपर्ने बताउनुभयो ।

उहाँले लोकतन्त्रको संरक्षण लोकतन्त्रवादी नेपाली कांग्रेसबाट मात्रै हुन सक्ने भएकाले त्यसका लागि पार्टी एकता अत्यावश्यक रहेको औल्याउनुभयो । स्वइच्छाचारी ढंगले पार्टी चल्न नसक्ने भन्दै उहाँले हरेक पदाधिकारीहरु महाधिवेशनबाटै निर्वाचित हुनुपर्ने पद्धती बसाल्नुपर्ने बताउनुभयो । गुट उपगुटकै कारण ३३ केजी सुन काण्ड र वाईडवडी खरिद लगायतका भ्रष्टाचार विरुद्ध प्रतिपक्षी दलको आवाज बुलन्द हुन नसकेको भन्दै उहाँले एकताको सवाललाई महासमिति बैठकले निर्णायक विन्दुमा पुर्याउनुपर्ने उल्लेख गर्नुभयो । महासमिति बैठकले कम्युनिष्ट सत्तासंगको संघर्षको रणनीति बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया