२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

0 Shares
Spread the love

चितवन – सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन्। रविसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो।

चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पूरक जाहेरी दिएका थिए। साहाराबाट गोर्खा मिडियासहित पाँच वटा संस्था तथा कम्पनीमा रकम पठाइएको देखिएकाले संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो।

रवि कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन्। यसअघि रविलाई पक्राउ गर्न कास्कीसहित रुपन्देही र काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको थियो।

प्रतिक्रिया