२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

0 Shares
Spread the love

काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघिय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

गणपति, प्रमुख सेनानी सुरेश देवकोटाको कमाण्डमा रहेको सो गणका ५२५ जना शान्ति सैनिक यस अगावै मिसन इलाका पुगिसकेका छन् ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली गणपति, प्रमुख सेनानी अनिल केसीको नेतृत्वमा आश्‍विन १४ गते स्वदेश फिर्ता भएका छन् ।

दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्र संघिय शान्ति मिसनमा नेपाली सेनाको दुई वटा गण, एउटा गुल्म सहित कुल १७५६ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रतिक्रिया