२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

संसद् भवनमा प्रहरीद्वारा गोली हानी आत्महत्या

0 Shares

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले संसद् भवनमा आत्महत्या गरेका छन् ।

प्रहरीको कार्यदलबाट खटिएका दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोलेले आज बिहान आफैँमाथि गोली हानी आत्महत्या गरेका हुन् ।

गोलेले बुधबार बिहान संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा आफूले बोकेको ईन्सास राईफलबाट निधारमा गोली हानेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोलेको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया