२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर

0 Shares
काठमाडौं। जिल्ला अदालत काठमाडौंले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आज जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र  सजाय निर्धारणका लागि यही जेठ २८ गते पेसी तोक्न आदेश भएको छ ।
जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि न्यायाधीश गिरीलाई निलम्बित गरी थुनामा राखिएको छ ।

प्रतिक्रिया